सुर्खेत । कर्णाली प्रदेश पहिलो सहयोगापेक्षी मानव रहित प्रदेश घोषणा भएको छ । सामाजिक विकास मन्त्रालयको नेतृत्वमा मानवसेवा आश्रम कर्णाली प्रदेशको समन्वयमा शनिबार जिल्ला समन्वय समितिको हलमा उक्त घोषणा गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेत, जिल्ला समन्वय समिती, प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश लगायतका संघ संस्थाहरुले समेत अभियानमा समन्वय रहेको छ । प्रदेशलाई नै सहयोगापेक्षी मानवरहित प्रदेश घोषणा गर्नको लागि गत मंसिर २८ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको थियो । मन्त्रीपरिषद्ले उक्त निर्णय पश्चात् अभियानलाई तिव्रता पाएको थियो ।
सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर बिकेका अनुसार भने कर्णाली प्रदेशको राजधानी लगाएतका विभिन्न स्थानहरुमा सडकमा मानवहरु वेवारिसे अवस्थामा भेटिने गरेको र मानवको सेवा गर्ने संस्थाहरुको खोजी गर्ने क्रममा मानवसेवा आश्रमले त्यसको जिम्मा लिएको हो ।
उनले कुनैपनि वेसाहारा, अशक्त। असाहाय मानब अब कर्णालीका सडकमा नभेटिने गरी काम अगाडि बढाउने जानकारी दिए । बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन सहयोगापेक्षी सडकमानबमुक्त कर्णाली प्रदेश घोषणा कार्यक्रममा सम्बोधन गर्दे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले कर्णालीका नागरिकलाई सरकार छ भन्ने अनुभुती गराउनको लागि घोषणा कार्यक्रम गरिएको बताए ।
उनले भने–‘जो कोहिको पनि असक्त हुने अवस्था आउने भन्दै नागरिकलाई असक्त भएको अवस्थामा सरकारले सेवाको जिम्मेवारी लिन्छ । सरकार बालबालिका र अपाङ्गता भएकाहरुको बारेमा समेत सोच्दैछ ।’
उनले भने –‘कर्णालीका हरेक जिल्लामा मानवसेवा आश्रमको बिस्तार गरी सम्बन्धित जिल्लाका सहयोगापेक्षीहरुको सेवा गर्ने तयारी छ । आश्रममा पारिवारीक वातावरण दिने भन्दै सेवामा कुनैपनि कमि हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
सामाजिक विकास मन्त्री दल रावलले निजि अभियान्ताहरुले समेत अभियान सञ्चालन गर्दा राज्यले किन अपनत्तव नलिने भन्ने उदेश्यले यो अभियानलाई साथ दिएको बताए ।
शनिबार देखीनै कार्यान्वयन गर्नेगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् । मानवसेवा आश्रम कर्णाली प्रदेशमा हाल ५० जना सहयोगापेक्षी मानवहरु रहेको र यसअघि ३६ जनालाई पारिवारीक पुर्नमिलन गराईसकेको आश्रमकी जिल्ला संयोजक संञ्चिता गौतमले जानकारी दिईन ।
आश्रमको स्थापना गर्नको लागि सामाजिक विकास मन्त्रालयले १० लाख रुपैयाँ सहयोग गरेको थियो । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आश्रमको भाडा मासिक ५० हजार तिरिरहेको समेत उनले जानकारी दिईन् ।
२०७५ साल माघ १८ गते सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश तथा वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा मानवसेवा आश्रम स्थापना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया