सुख्खाग्रस्त क्षेत्रमा वडाद्वारा निःशुल्क ड्रम वितरण

पाँचथर । पाँचथरको सुख्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकाको वडा नम्बर १ मा रबरको ड्रम वितरण गरेको छ । यहाँका विभिन्न समूहहरुलाई ९० वटा ड्रम निशुल्क वितरण गरीएको हो ।

पानीको चरम अभाभ भोगिरहेका स्थानीयलाई राहत पु¥याउने उदेश्यले ५ सय लिटरको ड्रम वितरण गरिएको वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले जानकारी दिए ।

खाने पानी भन्डारण गरेर जीवन यापनमा जनतालाई सहज हुने भएको कुम्मायाक गाउँपालिकाका प्रमुख जयबहादुर चेम्जोङले बताए । वडाले निशुल्क दिएको ड्रमले ठूलो राहत मिल्ने स्थानीयले बताएका छन् । उक्त छेत्र मा लामो समयदेखि पानीको समस्या झेल्दै आएका छन् ।  यहाँका स्थानीयहरुलाई गाउँपालिकाले ट्याक्टरबाट खाने पानी वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?