भलिबल क्लब च्याम्पियनसिप : एपीएफको विजयी शुरुवात

काठमाडौं । नेपाल एपीएफ क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला(पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ जितको खाता खोलेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखप) को कभर्ड हलमा शुक्रबार भएको खेलमा एपीएफले रारा बुलबुले क्लबलाई ३-१ को सेटमा हराउँदै विजयी शुरुवात गरेको हो । उक्त खेलमा एपीएफले पहिलो सेट गुमाएको थियो । तर उसले पुनः उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको थियो । एपीएफले खेलमा पहिलो सेट २३-२५ ले गुमाएको थियो ।

त्यसपछिका तीन सेट लगातार २५-१२, २५-२० र २५-१८ ले जित्दै एपीएफले खेल आफ्नो पक्षमा पुर्याउन सफल भएको थियो ।

साथै उक्त जितसँगै समूह ुबीु मा रहेको एपीएफ क्वाटरफाइनल नजिक पुग्न सफल भएको छ ।

१ खेलमा २ अंक जोडेको एपीएफले पुरुषतर्फ यस अघि साविक विजेता त्रिभुवन आर्मी क्लबले आरजी ग्रुपलाई ३-० को सेटमा पराजित गरेको थियो ।

उक्त प्रतियोगिताको पुरुषतर्फ ११ टिम सहभागि भइ खेल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?