काठमाडौं । सरकारले युवालाई मनोरञ्जन स्थल तथा फुर्सदको समय व्यथित गर्न सहज हुने गरी छुट्टै पार्क बनाउने भएको छ। सहरी विकास मन्त्रालयको जिम्मेवारी बहन गर्ने क्रममा सरकारका प्रवक्ता गोकुल बास्कोटाले राजधानीमा नयाँ तीन वटा पार्क बनाउने घोषणा गरेका छन्। उनको घोषणामा चिल्ड्रेन, युवा र वृद्धका लागि बाजेबज्यै पार्क बनाउने निर्णय सोमबार गरेका हुन्।
मन्त्रीले घोषणा गरेका केटाकेटी, युवा र वृद्धका लागि तीनवटा फरक फरक पार्क बनाउन लागिएको सहरी विकास मन्त्रालयको भनाइ छ। मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार सहरमा युवाका लागि मनोरञ्जन, विदाको दिन तथा फुर्सदको समय बिताउन यस्तो पार्क आवश्यक भएको बुझाइ उनको छ।अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया