प्रहरीको भ्यान दुर्घटना : एक जनाको मृत्यु, चारको अवस्था गम्भिर, ३१ जना घाईते

काठमाडौं – तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको ३१ जना घाइते भएका छन् ।

देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका लागि पोखराबाट गएको प्रहरीको भ्यान दुर्घटना हुँदा प्रहरी जवान सन्दीप केसीको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ३१ जना प्रहरीमध्ये ५ जनाको अवस्था गम्भीर छ । बा १ ग २११८ नम्वरको गाडी दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको हो ।

गाडीमा ३४ जना प्रहरी सवार रहेका थिए ।

घाइतेमध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जुगेडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?