चितवन । साइकललाई ठक्कर दिएर बस पल्टिदा १७ जना घाइते भएका छन् । साइकललाई ठक्कर दिएर अनियन्त्रित भएर बस पल्टिएको प्रहरीले जनाएको छ ।
खैरहनी नगरपालिका १, ज्यामिरे चोकनजिकै भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बा.४ ख १३७० नम्बरको मिनी बसले सोही दिशाबाट आइरहेको साइकललाई ठक्कर दिँदा पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
केहि घाइते सामान्य उपचारपछि घर फर्किएका छन् । अन्य घाइतेको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया