काठमाडौं । धादिङको धुनिबेशीमा आईतबार बाट सुरु भएको नवौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि गुड स्टार्टमा विद्यालयले हात पारेको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ धुनिबेशी नगरपालिका वडा नम्बर ५ को भुवनेश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा नगरपालिकाको १५ वटा सामुदायिक र संस्थागत माध्यमिक विद्यालयहरुको सहभागीता जनाएका थिए । प्रतियोगितामा गुड स्टार्ट अवासिय मा विद्यालय प्रथम भएको छ । प्रथम गुड स्टार्ट माध्यमिक विद्यालयले ७ स्वर्ण, १ रतज, ३ कास्य पदक प्राप्त गरी प्रथम स्थानहासिल गरेको हो । ६ स्वर्ण ८ रजत र २कास्य सहित महेशधर्म माध्यमिक विद्यालयले द्धितिय स्थानमा अटायो । त्यसै गरी प्रतियोगिता संयोजन गर्ने भुवनेश्वरी माध्यमिक विद्यालयले ६ स्वर्ण ६ रजत र ३ कास्य प्राप्त गरी तृतिय स्थान हाँसिल गरेको छ ।
प्रतियोगितामा छात्र छात्रा भलिबल, छात्र छात्रा कवड्डी, एथ्लेटीक्स तर्फ, छात्र छात्रा हाइजम्प, छात्र छात्रा लङजम्प, छात्र छात्रा ट्रिपलजम्प, ज्याम्लीङ थ्रो, सटपुट, र ट्रयाक तर्फ छात्र छात्रा एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, पन्ध्र सय मिटर र एक सय मिटर रिले दौड प्रतियोगिता भएको थियो ।
विजेताहरुलाई शिल्ड,मेडल र प्रर्माण पत्र प्रदान गरीएको थियो । कार्यक्रममा नगर प्रमुख बालकृष्ण आचार्य र उपप्रमुख निरु खरेल सहित अन्य अतिथिहरुले शिल्ड,मेडल र प्रर्माण पत्र वितरर्ण गनु भएको थियो । उत्घाटन कार्यक्रममा ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए । ट्रयाक तर्फका प्रतियोगिता भएका छन् ।
कार्यक्रममा बोल्नु हुदै नगर प्रमुख आचार्यले खेल क्षेत्रलाई विस्तार गर्दै लैजाने बताएका छन् । केहि समय भित्रमा नगरले भिन्न किसिमको प्रतियोगिता आयोजना गने उनको भनाई छ । उनले प्रतियोगिताको सफलताको कामना समेत गरेका छन् । आईतबारबाट सुरु भएको प्रतियोगिता २९ गते मँगलबार सम्म सञ्चालन भएको थियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया