काठमाडौं । रोमेलु लुकाकुले खेल सुरुवात भएको २१ सेकेन्डमै गोल गरेको खेलमा ईन्टर मिलानले कोपा ईटालियामा जित हात पारेको छ ।
मंगलबार राति अन्तिम १६ का लागि भएको खेलमा लुकाकुको दुई गोलको सहयोगमा ईन्टरले काग्लीयरीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको २१ औं सेकेन्डमा गोल गर्दै लुकाकुले ईन्टरलाई अग्रता दिलाए । बोरजा वलेरोले २२ औ मिनेटमा ईन्टरको अग्रतालाई दोब्बर बनाए । लुकाकुले ४९ औं मिनेटमा दोस्रो गोल गर्दै ईन्टरको अग्रता ३–० ले अघि बढाएका थिए ।
काग्लीयरीका क्रिस्टियन ओलिभाले ७२ औ मिनेटमा एक गोल फर्काएका थिए । एन्ड्रिया रनोचियाले ८० औ मिनेटमा हेडमार्फत गोल गर्दै ईन्टरलाई ४–१ को शानदार जित दिलाए ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया