काठमाडौँ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजीपी विश्वराज पोखरेलले संगठनको गरिमा प्रहरी कर्मचारीको छबिमा जोडिएको भन्दै संगठनलाई आँच आउने कुनै पनि अमर्यादित वा अवान्छित क्रियाकलाप नगर्न आग्रह गरेका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा निर्देशन गर्दै डीआईजी पोखरेलले भने, प्रहरी सेवा प्रवाहको पहिलो कडी भनेको मिठो बोली बचन, शिष्ट नम्र व्यवहार हो । उनले थपे,कानून कार्यान्वयनमा निर्दयिता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहावट हदैसम्मको कारवाही गर्नू ।
ड्युटिमा खटिएको कुनै पनि कर्मचारीले आफ्नो ड्युटि ईमान्दारीता पूर्वक निभाएको छ भने उसको मनोबल गिर्ने गरी कोहि कसैले कार्य गरेमा त्यस्तालाई कारवाही गर्ने पनि डीआईजी पोखरेलले चेतावनी समेत दिए ।
संगठनको १ जनाको गल्तीले संगठनकै शिर झुक्ने भन्दै उनले कुनै पनि लोभलालच त्यागी मर्यादित भएर फिल्डमा खटिन समेत निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया