कलेज बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं – मोडेल मल्टिपल कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा धनुषामा २ जनाको मृत्यु भएको छ।

मंगलबार धनुषाको लक्ष्मीनियामा ढल्केबरबाट जनकपुरतर्फ गइरहेको ज १ क २८२ नम्बरको बसले विपरीत तर्फबाट आइरहेको ज १० प ३५ ३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार २ युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लक्ष्मीनिया गाउपालिका वडा वडा ७ पर्सा पकडिया बस्ने २५ वर्षीय सन्तोस ठाकुर र क्षिरेश्वरनाथ नगरपालिकाका २५ वर्षीय अनवर राई रहेको जिप्रका धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?