मरुभूमिमा यस्तो भव्य रंगशाला बनाउँदैछ कतार, देखेर आँखि भौँ उचाल्नुहुनेछ (फोटोफिचर)

काठमाडौं । खेलकुद जगतको सबैभन्दा लोकप्रिय मानिएको खेल हो फुटबल । अझ विश्वकप फुटबल भनेपछि त झन सबै हुरुक्कै हुन्छन् । रुसमा सम्पन्न विश्वकप फुटबल २०१८ पछि सम्पूर्ण फुटबलप्रेमीहरुको ध्यान कतारले तानेको छ । कारण हो, सन् २०२२ मा फुटबलको कुम्भमेला मानिने विश्वकप कतारले आयोजना गर्दैछ । सन् २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा मर्करीमिना नामक कम्पनीले पाएको छ ।

कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्रसमेत बनेको छ । त्यतिमात्रै होइन, गर्मी हुने भएकाले २०२२ को विश्वकप फुटबल हिउँदमा आयोजना हुनेछ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले केही दिनअघि विभिन्न रंगशालाको अनुगमन गर्दै कतारले तयार पारेको भौतिक पूर्वाधारको प्रशंसा गरेका छन् । इन्फान्टिनोले रुस विश्वकप अहिलेसम्मकै उत्कृष्ट भएको बताउँदै विश्वकप फुटबल २०२२ अझ राम्रो हुने बताएका छन् ।

कतारले सन् २०१० मा अष्ट्रेलिया, जापान, दक्षिण कोरिया र अमेरिकालाई पछि पार्दै २०२२ को आयोजना गर्ने अधिकार प्राप्त गरेको हो । कतारले छोटो समयमै विश्वकपका लागि पूर्वाधार तयार पार्यो ।

हेनुहोस् २०२२ विश्वकपकामा कुन रंगशाला कस्ता छन् ?

१) अल गराफा स्टेडियमः  

यो स्टेडियम अल रायन शहरमा छ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु हुनेछन् ।

२) अल खोर स्टेडियमः

अल खोर शरहको यो भव्य स्टेडियम नयाँ निर्माण गरिएको हो । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वका रहेको यो स्टेडियममा समूह चरणका खेलहरु र राउण्ड अफ १६ का खेलहरु हुनेछन् ।

३) अल रायन स्टेडियमः

यो स्टेडियम पनि अल रायन शहरमा छ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु हुनेछन् ।

४) अल शमाल स्टेडियमः

यो स्टेडियम अल शमाल शहरमा छ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु हुनेछन् ।

५) अल वक्राह स्टेडियमः

यो स्टेडियम अल वक्राह शहरमा छ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु र राउण्ड अफ १६ का खेलहरु हुनेछन् ।

६) दोहा पोर्ट स्टेडियमः

यो स्टेडियम राजधानी दोहा शहरमा छ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु, राउण्ड अफ १६ र क्वाटर फाइनलका खेलहरु हुनेछन् ।

७) एजुकेशन सिटी स्टेडियमः

यो स्टेडियम अल रायन शहरमा छ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु र राउण्ड अफ १६ का खेलहरु हुनेछन् ।

८) खलिफा इन्टरनेशनल स्टेडियमः

यो स्टेडियम अल रायन शहरमा छ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरुसँगै राउण्ड अफ १६, क्वाटर फाइनल र सेमिफाइनल खेलहरु हुनेछन् ।

९) लुसैल आइकोनिक स्टेडियमः

यो स्टेडियम अल डायन शहरमा छ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा उद्घाटन खेल हुनेछ । यससँगै यो स्टेडियममा समूह चरणका खेलहरुसँगै राउण्ड अफ १६, क्वाटर फाइनल, सेमिफाइनल र फाइनल खेलसमेत यही स्टेडियममा हुनेछ ।

१०) कतार युनिभर्सिटी स्टेडियमः

यो स्टेडियम राजधानी दोहा शहरमा छ । कतार युनिभर्सिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरुसँगै राउण्ड अफ १६ का खेलहरु हुनेछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?