पाल्पा । सर्वोत्तम सिमेन्टको चुनढुंगा खानीमा राखिए डोजरमा शंकास्पद वस्तु भेटिएको छ । रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वरमा राखिएको डोजरमा उक्त वस्तु फेला परेको हो ।
डोजरमा प्लाष्टिकले बेरेको शंकास्पद वस्तु झुण्डाइ खतराको पर्चा टाँसिएको छ । चालकले डोजरमा झुण्डाएको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएपछि जिल्लाबाट नेपाल प्रहरी तथा नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ ।
शंकास्पद वस्तुसँगै जनपरिषद् पाल्पा जिन्दावाद लेखिएको पर्चा पनि भेटिएको छ ।
फाइल फोटो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया