काठमाडौं – ललितपुर महानगरपालिका वडा नं ९ शंखमुलबाट चितुवाको जस्तो देखिने वन्यजन्तुको छाला सहित एक जना पक्राउ परेका छन् ।
सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नम्बर ६ लखनपुर बाडेगाउँ स्थायी ठेगाना भएका वर्ष २१ का महेश अधिकारी पक्राउ परेका हुन् । विशेष सुराकीको आधारमा पुल्चोकबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग पुल्चोकका प्रहरी प्रमुख पूर्णिमा चन्दले बताईन् ।
पक्राउ पर्नेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया