इटहरी। घुस लिदै गर्दा बेलबारी नापी कार्यालयका अमिन दिनेशकुमार साह रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले रंगेहात पक्राउ गरेको छ ।
सोमबार दिउँसो बेलवारी १० भाउन्ने स्थित पदमबहादुर श्रेष्ठको जग्गा नापी गरी सिमाङ्कन गर्न आएका साहलाई सेवाग्राही नरबहादुर तामाङसँग उक्त घूस रकम लिँदै गर्दा पक्राउ गरीएको हो ।
साहले श्रेष्ठसँग ७ हजार घुस लिएको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया