बालिका हत्या अभियोग लागेका लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

काठमाडौं – काठमाडौंको बौद्धमा गोली चलेको छ ।

गुण्डा नाइके विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले लामामाथि बौद्धस्थित जोरपाटीमा गोली चलाएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा लामामाथि गोली चलाइएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले तामाङलाई नियन्त्रणमा लिन खोजेको थियो तर उनी भाग्न खोजेपछि लामामाथि गोली प्रहार गरिएको हो । गोली लागेर घाइते भएका लामालाई उपचारका लागि वीर अस्पताल ल्याइएको छ ।

प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ ।

त्यस्तै, ०७३ सालमा चिर्पटले हानेर सिन्धुपाल्चोकमा १७ महिने बालिका हत्या गरेको अभियोग पनि लामामाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?