रिभल्बरसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले घरेलु हतियार रिभल्बरसहित दुईजनालाई पक्राउ गरेको छ ।

गाडिमा  लुकाई छिपाई ल्याएको भन्ने सुरकीका आधारमा प्रहरीले धनुषाका २४ वर्षका धर्मेन्द्र पासवान र सिराहाका दिनेशकुमार शाहलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुले गाडिको सिटमुनी घरेलु पेस्तोल लुकाई ल्याएका थिए । उक्त रिभल्बरमा ६ वटा गोलि लाग्ने प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौंको सिनामंगलबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले बा १५ च १५३६ नम्बरको गाडिको पछाडिको खल्तीमा लुकाएरर ल्याएको अवस्थामा पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

साह शिवा गेष्ट हाउसका सञ्चालक भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। त्यस्तै पासवान भने ट्राभल एजेन्सी सञ्चालक हुन्।

उनीहरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?