काठमाडौं । उप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण गरिएको छ ।
मौसममा खराबी आएपछि पोखरेल सवार नेपाली सेनाको बेल हेलिकोप्टर आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खराब मौसमका कारण बुटवलमा हेलिकोप्टर अवतरण हुन नसकेपछि पाल्पा फर्काइएको हो ।
बुटवलमा शनिबार हुने कार्यक्रमका लागि रक्षामन्त्री पोखरेल त्यसतर्फ प्रस्थान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया