काठमाडौं । धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेर हत्या गरिएको घटनामा चालकलाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका लागि प्रहरीले ना ७ ख ६४१३ नम्बरको टिपरका चालक वर्दिवास घर भएका मुनिन्द्र महतोलाई पक्राउ गरेको हो ।
शुक्रबार बिहान टिपरको ठक्करबाट स्थानीय दिलिपकुमार महतोको मृत्यु भएको थियो । घटनालगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार थिए ।
पीडित परिवारले पनि हत्या गरेको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया