तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-३ थानीमाईमा बस दुर्घटना भएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
शुक्रबार बिहान १० बजेतिर रामपुरबाट भिमादहुँदै पोखरा जाँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ निवासी ४२ वर्षीया ननीमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ ।
बस ४० मीटर तल भीरमा खसेको प्रहरीले जनाएको छ। थापाको घटनास्थलमा तथा गुरुङको उपचारका क्रममा पोखराको फिष्टेल अस्पतालमा मुत्यु भएको हो ।
घाइतेको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया