६१ हजार गुनासोकर्तामा ६ हजार मात्रै लाभग्राही

काठमाडौं ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितको गुनासो सम्बोधन गर्ने क्रममा १० प्रतिशत गुनासोकर्ता पनि लाभग्राहीको सूचीमा पर्न सकेका छैनन् ।प्राधिकरणले गत बुधबार २१ हजार ६ सय गुनासोको निर्णय सार्वजनिक गरेको छ । जसमा ८ सय ४१ जना पुनर्निर्माण लाभग्राही कायम भएका छन् भने ८ सय ३६ जना प्रबलीकरण लाभग्राही भएका छन् । १८ हजार २ सय जना गुनासोकर्ता गैरलाभग्राही ठहरिएका छन् ।
केही समयअघि प्राधिकरणले ३५ हजार ७९ जना गुनासोकर्तालाई गैरलाभग्राही कायम गर्ने निर्णय गरेको थियो । प्राधिकरण कार्यकारी समितिको बैठकले ४ हजार ६ सय ४४ भूकम्पपीडितलाई पुनर्निर्माण लाभग्राही थप गरेको थियो । प्राधिकरणले ४२ हजार ७ सय ४२ गुनासोमाथि विश्लेषण गरेको थियो ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?