काठमाडौँ। उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया जाने योजना बुन्नुभएका चन्द्रशेखर भट्ट बिहीबार बिहान ५ बजे कठ्याङ्ग्रिँदै डेराबाट केशरमहलका लागि प्रस्थान गर्नुभयो । ‘नो अब्जेक्सन लेटर’ लिन भक्तपुरको झौखेलबाट केशरमहलतर्फको यात्रा थाल्नुभएका उहाँ बिहान ६ बजे गन्तव्यमा पुग्नुभएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखामा पुग्नुभएका उहाँको पालो २७औँ नम्बरमा प¥यो । बिहान साढे ११ बज्दासम्म पनि उहाँको हातमा नो अब्जेक्सन लेटर परिसकेको थिएन ।
“चिसोमा त्यति बिहान आउँदा मभन्दा अगाडि अरू पनि आइसकेका थिए”, सूचना प्रविधि विषयमा स्नातक तह अध्ययन गर्न नो अब्जेक्सन लेटर प्राप्तिका लागि आवेदन बुझाउनुभएका दार्चुला मार्मा गाउँपालिकाको लटिनाथका बासिन्दा भट्टले भन्नुभयो, “विश्व डिजिटल युगमा प्रवेश गरिसक्यो । घरमै बसेर विश्वविद्यालयको परीक्षा दिने कुरा अब नयाँ भएन तर यहाँ नो अब्जेक्सन लेटर लिन पनि परम्परागत व्यवस्था कायम छ । हामी सूचना प्रविधिमा धेरै पछाडि रहेको यसैबाट प्रस्ट हुन्छ । ” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा र अध्ययनका लागि विदेशी विनिमय पठाउन बैङ्कमा बुझाउन नो अब्जेक्सन लेटर लिनुपर्ने बाध्यात्मक व्यवस्था छ । केशरमहलमा रहेको सो शाखाबाट दैनिक सरदर दुई सय विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका छन् । कुनै कुनै दिनमा सात सयसम्म विद्यार्थी पुग्ने गरेका छन् ।गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया