३ किलो नक्कली सुन बेच्नको लागि हिँड्ने पक्राउ

काठमाडौँ । नक्कली सुन देखाएर विभिन्न व्यक्तिलाई प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार महानगरीय प्रहरी प्रभाग नया बसपार्कका प्रमुख प्रहरी निरिक्षक सन्तोष कुकार दाहालको कमाण्डमा खटिएको टोलिले ३ किलो नक्कली सुनका सिक्कासहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोहन लाल गुजराति नाम बताउने बर्ष ५७ को भारतिय नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुजारातीलार्य ठगी उद्योगमा मुद्दा दर्ता गरि थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी बृत महाराजगञ्ज प्रमुख उमेश लम्सालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?