चार सय ८० बोत्तल अबैध मदिरा बरामद

पाँचथर । प्रहरीले पाँचथरको राँके बजारबाट लुकाईछिपाई ल्याउदै गरेको चार सय ८० बोत्तल अबैध भारतीय मदिरा बरामद गरेको छ ।

मे १ ज २९९८ नम्बरको मारुती भेन चेकजाँच गर्ने क्रममा उक्त मदिरा बरामद गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

प्रहरीले चालक इलाम नगरपालिका–७, घर बताउने बर्ष २६ का निर्मल तिवारी, रक्सि ब्यापारी नामसालिङ–२, इलाम घर भई इलाम–७, मा डेरा गरी बस्ने बर्ष २६ कि मोनिका आचार्य र उनीहरुसँगै रहेका इलाम–७, कै डिल्ली घिमिरेलाई नियन्त्रणमा लिएको छ ।

रामदी मुचुल्का र पक्राउ पुर्जी दिई उनीहरुलाई बिहीबार करदाता कार्यालय पाँचथरमा बुझाइएकोमा थप अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजश्व विभाग भद्रपुर बुझाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?