काठमाडौंमा शंकास्पद वस्तु फेला, डिस्पोज गरिँदै

काठमाडौं । काठमाडौंको धापासीस्थित नेचर क्लव र स्काईलार्क स्कुल नजिकै भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी भएको छ । सडकमा उक्त वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगेको छ ।  प्रहरीले  घटनास्थललाई ‘मार्क’ गरेर सुरक्षित गरेको छ । स्थानीय त्रसीत छन् ।

शंकास्पद वस्तु बम वा अरु केहि हो भन्ने निर्क्योल गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको महानगरिय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालले लोकपथलाई जानकारी दिए ।थप जानकारी आउन बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?