उपत्यकामा नदीजन्य वस्तु उत्खननमा रोक

राजधानी। उपत्यकामा अवैधानिक रूपमा नदीजन्य वस्तुको उत्खनन गर्ने कार्यमा रोक लगाइएको छ । काठमाडौ भक्तपुर र ललितपुरमा वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० र प्रारम्भिक वातावरण परीक्षण ९आईई० नगरी अनधिकृत रूपमा नदीजन्य वस्तुको उत्खनन गर्ने कार्यमा रोक लगाइएको हो ।
बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० जनकराज दाहालको संयोजकत्वमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सम्मिलित अन्तरजिल्ला समन्वय बैठकले अनधिकृत रूपमा ईआईए र आईई नगरी नदीजन्य वस्तुको उत्खनन गर्ने कार्यलाई नियन्त्रण गर्ने निर्णय गरेको हो । बैठकले उपत्यकामा हुने कालोबजारी रोक्न आक्रामक कारबाही थाल्ने निर्णयसमेत गरेको छ ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?