पक्राउ परेकाबाट बरामद प्रमाण पनि चिनियाँ अधिकारीकै जिम्मा

काठमाडौँ । पक्राउ परेकाहरूबाट बरामद प्रमाणसमेत कानुनी बाटो मिचेर चिनियाँ अधिकारीहरूलाई बुझाइएको छ । चिनियाँहरूबाट बरामद ल्यापटप, मोबाइललगायत प्रमाण चिनियाँ अधिकारीलाई नै दिइएको छ । उनीहरूबाट पाँच सयभन्दा धेरै ल्यापटप बरामद भएको थियो । अभियुक्तहरूको मुद्दा सकिएपछि यस्ता सामान सामान्यतया सम्बन्धित व्यक्तिलाई बुझाउने गरिन्छ ।

गत ७ पुसमा पक्राउ परेका उनीहरूलाई सुरुमा प्रहरीले अभद्र व्यवहार मुद्दामा कारबाही गरेको थियो । तर, थप अनुसन्धान भएन । गत आइतबार काठमाडौंका सिडिओ जनकराज दाहालले उनीहरूलाई एक–एक हजार रुपैयाँ जरिवानाको फैसला गरेका थिए । अध्यागमन विभागले पनि मंगलबार एक–एक हजार रुपैयाँ जरिवाना गराएर निष्कासनको निर्णय गरेको थियो । जब कि अभद्र व्यवहार मुद्दामा १० हजार तथा अध्यागमनले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने अधिकार थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?