बिदूर । नुवाकोटको बेलकोटगढीस्थित पञ्चकन्या माध्यामिक विद्यालयको ४४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार विद्यालय प्रांगणमा विभिन्न कार्यक्रमका बीच वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको हो ।
वार्षिकोत्सव कार्यक्रमकै अवसरमा २०६६ सालको एसएलसी ब्याचका पूर्व विद्यार्थीहरुले साउण्ड सिस्टम सेट विद्यालयलाई हस्तान्तरण गरेका छन् । पूर्व विद्यार्थी प्रचण्डजंग पाण्डे, अमृत तिवारीलगायतको पहलमा आर्थिक संकलन गरी सो साउण्ड सिस्टम सेट खरिद गरेर विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण गर्दै पूर्वविद्यार्थी मन्चका अध्यक्ष विष्णुहरि रेग्मीले विद्यालयको गुणस्तरका लागि आफूहरु आगामी दिनमा पनि यस्तै सहयोग गर्न प्रतिबद्ध रहेको बताए । सामग्री ग्रहण गर्दै प्रधानाध्यापक शम्भु तिवारीले पूर्वविद्यार्थीहरुले विद्यालयप्रति देखाएको मायाको लागि धन्यवाद व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया