काठमाडौं । नेपाल टेलिकम वर्कर्स यूनियन काठमाडौ क्षेत्रीय समितिले दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले रहेका थिए । भने कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता क्षेत्रीय अध्यक्ष अचुत कुमार ओझाले गरेका थिए । काठमाडौं क्षेत्रिय समितिद्वारा आयोजित नेतृत्व विकास तथा भाषण कला प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै प्रवक्ता शर्माले नेतृत्वले प्रश्न मात्र गरेर नहुने साथै भाषणमा कति प्रश्न गरियो भन्ने कुराको कुनै महत्व नरहेको तर कति समधान दिईयो भन्ने कुराले श्रोताको ध्यान वक्ताले आफूमा केन्द्रित गर्न सकिने सुझाएका छन् ।
उक्त कार्यक्रममा बोल्दै शर्माले वर्तमान सरकारले काल्पनिक पुरा गर्न नसकिने सपना बाढेकाले नागरिकमा निराशा देखिएको समत आरोप लगाएका छन् ।ओली नेतृत्वको सरकारले रेलको कुरा गर्ने तर रेल चढ्ने नागरिकको जीवन स्तर सुधारको कुरा गर्न छाडेकोले नागरिकको जीवन स्तर सुधारको लागि काँग्रेस अगाडि आउनु पर्ने भएकोले यसमा लाग्न सबैमा आग्रह समेत गरेका छन् ।
त्यस्तै उकत कार्यक्रममा बोल्दै नेपाल टेड युनियनका अध्यक्ष पुष्कर आचार्यले सरकार मात्र होईन समग्र राज्य व्यवस्था श्रमीकका कुरा गर्ने तर व्यवहारमा भने श्रमीकलाई अप्ठ्यारो पार्ने रणनीतिमा रहेकोले प्रतिपक्ष दल र समग्र श्रमीक सचेत रहन अनुरोध गरेका छन् । त्यस्तै उक्त कार्यक्रममा प्रशिक्षक प्रमोदहरि गुरागाई, सन्जय दाहाल वर्कर्स यूनियनका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद जोशीले लगायतले आफ्नो भनाई राखेका थिए । नेपाल टेलिकम वर्कर्स युनियनले पुस २२ र २३ गते हुने प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्ला र कार्यालयबाट ३५ जनाको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया