४० हजार घुससहित मालपोतका खरिदार अख्तियारको फन्दामा

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुटवलको भूमिसुधार तथा मालपोत कार्यालय नलवपरासीमा कार्यरत खरिदारलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले नेत्रबहादुर चौधरीलाई ४० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

बुधबार दिउँसो मोहीको जग्गा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेका चौधरीलाई कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?