बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

सिरहा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका-१२ ठटिया बस्ने २३ वर्षीय राकेश यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?