विप्लव समूहका नुवाकोट जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौँ । स्काभेटरहरुमा आगजनि गरेको आरोपमा विप्लव समूहका नुवाकोट जिल्ला सेक्रेटरी अशोक भन्ने विन्तोष सिलवाल सोमबार तार्केश्वरको पैयुटारबाट पक्राउ परेका छन् ।

२०७५ साउन ८ गते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा रोकिराखेको स्काभेटरहरुमा आगजनि गरी क्षति पुर्याएको आरोपमा सिलवाललाई प्रहरीको विशेष ब्यूरोले पक्राउ गरेको हो ।

सिलवाललगायत अन्य व्यक्तिहरुले कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी गरेका थिए ।

त्यसयता फरार रहेका सिलवाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो । सिलवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?