नक्कली नोटसहित दुई जना पक्राउ

झापा । झापाको विर्तामोडबाटबाट नक्कली नोठसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–५ मित्रनगरबाट नेपाली १ हजार दरको २ थान नक्कली नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–५ बस्ने ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?