सुकेधारा आसपासका क्षेत्रमा आज दिनभर विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । सुकेधारा आसपासका क्षेत्रमा मंगलवार (आज) दिनभर विद्युत आपूर्ति बन्द हुने भएको छ।

चक्रपथ विस्तारको कामले गर्दा सो क्षेत्रमा दिनभर विद्युत आपूर्ति बन्द हुने भएको हो । महाराजग‌ञ्ज वितरण केनद्रको ओम फिडरबाट वितरित लाइन चक्रपथ विस्तारको क्रममा नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि पुस २२ गते बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।

उक्त फिडर अन्तर्गत सुकेधारा न्युकोलोनी, ढलाने पुल, निलो पुल लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको हो। निर्धारित समयअघि रुख कटानको काम सम्पन्न भएमा आपूर्ति तत्कालै सुरु गरिने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?