सेवाग्राहीसँग घुस लिदै गर्दा नापी सर्वेक्षक रंगेहात पक्राउ

वीरगञ्ज । नापी कार्यालयका सर्वेक्षक घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई रंगेहात पक्राउ गरेको हो ।

पासवान सोमबार नापी कार्यालयअन्तर्गत २ नं. नापी टोलीको कार्यालय वीरगञ्जबाट ७५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको जनाइएको छ ।

जग्गाका हाल साबिक गरेर धन पुर्जा बनाउन भन्दै सेवाग्राहीसँग उक्त रकम लिदैगरेको अवस्थामा पासवालाई पक्राउ गरिएको अख्तियार आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?