घुससहित वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

काठमाडौं । कैलाली सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा १ लाख ६० हजार रुपैँया घुससहित पक्राउ परेका छन् ।

उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको बिषयमा जेसिभी र ट्याक्टरलाई  नियन्त्रणमा लिएको र त्यसलाई छाड्न सेवाग्राहीबाट घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारले समितिका कोषाध्यक्ष मोहनबहादुर सिंहलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरु दुबैलाई सिद्धनाथ सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?