तपाईको लागि आजको दिन कति शुभ, कति अशुभ ? हेर्नुहोस्

काठमाडौं । आज मिति २०७६ साल पुष महिनाको २२ गते मंगलबार । इस्वी संवत २०२० जनवरी ०७ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत ११४० थिंलागा । पौष शुक्लपक्ष । तीथि– द्वादशी, २६ बजेर २९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– कृतिका, १४ बजेर ५ मिनेट उप्रान्त रोहिणी । योग– शुभ, २२ बजेर ४ मिनेट उप्रान्त शुक्ल । करण– बव, १४ बजेर १५ मिनेट उप्रान्त वालव, २६ बजेर २९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा गद योग । चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय ६ बजेर ५७ मिनेटमा, सूर्यास्त १७ बजेर २२ मिनेटमा । दिनमान २६ घडी १ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ः अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित भइनेछ । व्यापार व्यवसायबाट मनग्ये धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरुका लागि समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्ये धन आर्जन गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ः व्यापारमा लगानी गरी मनग्ये धन आर्जन गर्न सकिनेछ । आर्थिक पक्ष मजबुत रहनेछ भने आर्थिक वृद्धिका लागि नयाँ अवसरहरु प्राप्त हुनेछन् । विद्यार्थीहरुका लागि आजको समय उत्तम रहेकाले नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा परिवारका साथ रमाइलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रणय सम्बन्धमा सुधारको संकेत देखिनेछ । दैनिक समस्याहरु सुल्झाउँदै बढ्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ः आफन्त तथा साथीभाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आशा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । तरपनि लामो दूरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ः कामको सवालमा विशिष्ट व्याक्तिहरु सँग भेटघाट हुनेछ । आफन्त, घरपरिवार तथा साथीभाइहरुको सहयोग पाइनाले मन प्रशन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत् मनग्ये धन आर्जन गर्न सकिनेछ । व्यापारमा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरुका लागि समय फलदायी रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ः राजनीतिज्ञको लागि समय मध्यम रहेको छ । व्यापारमा प्रशस्त समय दिएपनि आम्दानी न्युन हुनेछ । बुबा तथा अग्रजसँग मनमुटाब बढ्ने तथा घरायसी कुरामा राज बाजिनेछ । पढाइलेखाइमा समय दिएपनि नतिजा भनेजस्तो आउनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । अप्ठ्यारा परिस्थितिसँग जुध्नु परेपनि लक्ष्य पहिल्याउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ः धार्मिक तथा अध्यात्मिक काममा समय व्यातीत गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमिका तथा साथिभाइले सहयोग गर्ने हुनाले एक कदम अगाडि बढी प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ । नयाँनयाँ कामको प्रस्ताव आउने तथा आम्दानीमा वृद्धि हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ः खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । व्यापार व्यावसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाइलेखाइमा मन नजानाले नतिजा आफूतिर ल्याउन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) ः काम गर्दा ध्यान दिनुहोला आलोचकहरु बढ्नेछन् । व्यापारमा समय दिएपनि न्यून आम्दानीमा चित्त बुझाउनु पर्नेछ । व्यापारकै सिलसिलामा कष्टकर यात्रा नहोला भन्न सकिन्न । साथिभाइ तथा जीवनसाथीको सहयोग नपाइँदा कामहरु बीचमै छोड्नुपर्ने हुनसक्छ । प्रेममा मनमुटाब सिर्जना हुने योग रहेको छ । अध्ययनमा मन नजाँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ः पुराना रोग पुनः बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ । विद्या तथा प्रतिस्पर्धामा आजको समय मध्यम रहेकाले प्रतिस्पर्धीहरु नै हावी हुनेछन् । अदालती निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । प्रणय सम्बन्धमा सामान्य शंकाले केही समयको लागि टाढिनु पर्ने बाध्यता आउनेछ । आफन्त, मामा तथा मावली पक्षसँग राय बाजिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ः शिक्षा तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रमा काम पाउने तथा बढुवा हुने योग रहेको छ । पढाइलेखाइमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्रा हुने योग रहेको छ । प्रेम गर्ने जोडीहरुका लागि समय उत्तम रहेको छ भने भौतिक सम्पतत्त तथा विलाशी वस्तु उपाहारको रुपमा प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ः कार्य सम्पादन गर्ने सवालमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाढिने योग रहेको छ । व्यापारमा लगानी गर्नको लागि केही समय धैर्यधारण गर्नुहोला । तरपनि कृषि, पशुपालन तथा पुख्र्यौली पेशाबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । नचाहँदा नचाहँदै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खिन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ः आफन्त तथा छिमेकीसँग विवाद हुने योग रहेको छ । विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला समय मध्यम रहेको छ । यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर नहोला भन्न सकिन्न । लेखन तथा साहित्य जस्ता क्षेत्रका कामहरु थाँती रहनेछन् । तरपनि खेलकुद तथा पराक्रमी क्रियाकलापहरु सामेल भइ आफ्नो उत्कृष्ट प्रर्दशन देखाउने अवसर जुर्नेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?