पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरुको भेला

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार जिल्ला सभापतिहरुको भेला बोलाएको खबर कान्तिपुर दैनिकमा छापिएकाे छ ।
भेलामा पूर्वमहामन्त्री कृष्ण सिटौला समूह पनि सामेल हुने भएको छ । धनकुटामा रहेका सिटौला भने आउने नआउने टुङ्गो छैन । सभापति शेरबहादुर देउवाले बहुमतको बलमा पुस ११ को केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय गरेपछि पौडेल र सिटौला पक्षका नेताहरुले चर्को विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?