काठमाडौं – पश्चिमी वायुको प्रभाव कमजोर बन्दै गएपछि आइतबारदेखि देशका पहाडी भू-भागमा घाम लागेको छ । काठमाडौं पनि खुलेको छ ।
गत बिहीबारदेखि पश्चिमी वायुको प्रभावका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको थियो भने बाँकी ठाउँमा मध्यमस्तरको वर्षा भएको थियो।परिणामस्वरुप देशभरको जनजीवन प्रभावित बनेको थियो । यसैबिच अहिले पनि उच्च पहाडी तथा हिमाली भेगको जनजीवन कष्टकर बनेको छ । २ फिटसम्म हिउँ जमेका कारण मानिसहरु घरबाहिरसमेत निस्कन सकेका छैनन् ।
अदेशका पश्चिमी क्षेत्रमा हिजैदेखि घाम देखिएको थियो । आज बिहान समेत केहि ठाउँमा हुस्सु र कुहिरो लागेको भएपनि अहिले काठमाडौं लगायत पहाडी भेगमा घाम लागेको छ । सोमबारदेखि मौसम सफा रहनेछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
आज राति देशको उच्च पहाडी तथा हिमाली भू भागहरूमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस २१ गते सोमबार
दिउँसो देशको उच्च हिमाली भू९भागहरूमा आंशिक बदली रहनेछ। बाँकी भू९भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिस् देशको पहाडी भू९भागलगायत उच्च हिमाली भू९भागहरूमा आंशिक बदली रहनेछ। बाँकी भू९भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष २२ गते मंगलबार
दिउँसो देशको पश्चिमी भू९भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू९भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया