काठमाडौं । पर्सा प्रहरीले भारतीय नक्कली नोटसहित एक जनालाई पक्रा गरेको छ ।
प्रहरीले गए राति वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगंज स्थित एक होटलमा चेक इन गर्ने क्रममा दुई हजार दरका तीनवटा नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ ।
उक्त विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया