ओली–प्रचण्डको कार्यकक्षमा लाग्यो ताला

तत्कालीन एमाले र माओवादीबीच ३ जेठ ०७५ मा पार्टी एकता भएको अर्को दिन दुवै अध्यक्ष केपी ओली र प्रचण्ड पहिला धुम्बाराही र त्यसपछि पेरिसडाँडा गएर पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरे । धुम्बाराहीमा प्रचण्डको कार्यकक्ष बनेको थिएन, त्यसैले प्रचण्डलाई ओलीकै कार्यकक्षमै कुर्सी राखियो । र, यस्तै अवस्था पेरिसडाँडामा पनि भयो । लगत्तै धुम्बाराही र पेरिसडाँडामा दुवै अध्यक्षका भिन्दाभिन्दै कार्यकक्ष बने ।
धुम्बाराहीको आ–आफ्ना कार्यकक्षमा वेलावेला ओली र प्रचण्ड जान्छन्, तर पेरिसडाँडामा ओलीको कार्यकक्ष बनेको साढे १९ महिना भयो ओली एकपटक पनि कार्यकक्ष पुगेका छैनन् । पार्टी एकतापछि प्रचण्ड तीन-चारपटक मात्र पेरिसडाँडाको कार्यकक्षमा पुगेका छन् । त्यसैले पेरिसडाँडामा रहेको ओली र प्रचण्डको कार्यकक्ष ताल्चा लगाएर राखिएको छ । मुसाले कुर्सी टेबुल र सोफा बिगार्यो कि भनेर कहिलेकाहीँ कोठा खोलेर कर्मचारीले हेर्छन् र सरसफाइ गरेर फेरि ताला लगाउँछन् । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?