काठमाडौं, ८ माघ – जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइले मनाङबाट प्रदेशसभामा विजयी दीपक मनाङे (राजीव गुरुङ) लाई पक्राउ गर्न ताकेता गरेको छ ।उच्च अदालत पाटनबाट भएको फैसलाअनुरूप तीन वर्ष जेल सजाय भुक्तानका लागि इकाइले आइतबार लगत कसेको हो । जिल्ला अदालतको तहसिल अभिलेखमा जेल सजायको लगत दर्ज गरेपछि मात्र अभियुक्तलाई पक्राउका लागि वैधानिक बाटो खुल्छ, अन्नपूर्ण पोस्टमा खबर छापिएको छ स्रोतका अनुसार जेल सजायको लगत कसेलगत्तै आइतबारै प्रहरी प्रधान कार्यालय र अपराध अनुसन्धान ब्युरो (सीआईबी) ले मनाङेलाई पक्रन फैसला कार्यान्वयनमा रहेको रेकर्डसहितको सूचना खिचेको छ । ‘गुरुङका विषयमा तत्कालीन पुनरावेदन अदालतबाट ०६९ सालमै अन्तिम फैसला भइसकेको हो त्यो अभिलेख हामीकहाँ अहिलेसम्म प्राप्त भएको थिएन । सर्वोच्चको पछिल्लो फैसलापछि मात्र जानकारीमा आयो र आजै लगत कस्यौं’, काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइ प्रमुख ध्रुवकुमार ढकालले आइतबार भने, ‘जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राखेको दुई वर्ष अवधि कटाएर अभिलेखमा उहाँलाई तीन वर्ष कैद सजाय दर्ज गरिएको छ । कुनै पनि बेला प्रहरीले पक्रेर अदालतमा बुझाउन सक्छ ।’ढकालले अब यो प्रकरण राज्यको सरोकारको विषय हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया