सिन्धुपाल्चोकमा जीप दुर्घटना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज विहान बोलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई उपचारको लागि काठमाडौँ ल्याइको र अरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

काठमाडौँको सितापाइलाबाट दोलखाको कालिञ्चोक मन्दिर जाँदै गरेको बा २ च ६९६५ नम्बरको जीप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सोही ठाँउमा गएको मङ्सिर २९ गते बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?