जनकपुर । धनुषामा जिल्ला न्यायाधीश रहँदा राधाकृष्ण उप्रेतीले गरेका दुई फैसला त्रृटिपूर्ण रहेको भन्दै उच्च अदालतमा पुनरावेदन परेको छ ।
कर कार्यालयको जग्गा व्यक्तिको नाममा दिने र मिडिया उद्यमी अरुण सिंघानियाको हत्या मुद्दामा जन्मकैद माग गरिएका प्रतिवादी रामविनोद यादवलाई तीन वर्ष मात्रै कैद सजाय गर्ने फैसलाविरुद्ध पुनरावेदन गरिएको हो ।
यी दुवै मुद्दामा बहस गरेका सरकारी र अन्य वकिलले न्यायाधीशको फैसला ‘अस्वाभाविक’ रहेको टिप्पणी गरेका छन् । ‘तथ्य, प्रमाण, दाबी सबैलाई नजरअन्दाज गरेर फैसला सुनाइएको छ,’ एक कानुन व्यवसायीले भने, ‘सिंघानिया हत्या मुद्दामा एउटै सजाय मागदाबी गरिएका प्रतिवादीहरूलाई फरक–फरक सजाय तोकिएको छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया