कपिलवस्तु । बाणगंगा नदीको तिलौरीघाटमा अवैध रुपमा बालुवा चोर्दै गरेका ३५ वटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा गरेको छ ।
कपिलवस्तु नगरपालिका ६ स्थित उक्त नाकाबाट राति १० बजे अवैध रुपमा बालुवा संकलन गरिरहेका ट्याक्टर सशस्त्र प्रहरी बल २८ नम्बर गणको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो ।
नाकामा नदीजन्य पदार्थ उत्खनन् ठेक्का लागेपनि ६ बजे पछि नाका बन्द हुने गर्दछ । सोहि मौका छोपी बालुवा तस्करहरुले नदीमा सामूहिक प्रवेश गरेर बालुवा चोरिरहेको जानकारी पाएपछि शशस्त्रको टोलीले ट्याक्टर र चालहरुलाई पक्राउ गरेको हो । अहिले सबै ट्याक्टरहरु शशस्त्र प्रहरीको नियन्त्रणमा छ ।
सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले पक्राउ गरिएका ट्याक्टरलाई कारवाही गरिने बताए ।
उनीहरुलाई कारवाहीको लागि जिल्ला समन्वय समितिमा पत्राचार गरिएको जानकारी दिए । जिल्ला समन्वय समितिले अवैध रुपमा बालुवा चोर्ने सवारीहरु अन्र्तगत ट्याक्टरलाई पहिलो पटकमा २५ हजार रुपैया जरिवाना तोकेको छ । जस अनुसार पक्राउ परेका ट्याक्टर जरिवाना बाट ८ लाख ७५ हजार राजस्व संकलन हुने समन्वय समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया