हेटौँडा । प्रदेश नं ३ का प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभाबाट पारित भई आएको प्रदेशभित्र औद्योगिक व्यवसायको स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गरिएको छ ।
प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले नेपालको संविधान धारा २०१ को उपधारा २ अनुसार सो विधेयक प्रमाणीकरण गरेको जानकारी दिएका हुन् । तत्कालीन प्रदेशसभा चौथो अधिवेशनको अवधिमा ४५ विधेयक पारित भएको र सो विधेयकमध्ये आजको एउटासमेत गरी ४५ वटै विधयेकमा प्रमाणीकरण भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले बताएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया