घुमुवा प्रहरीलाई हटाइने

काठमाडौं । सादा पोसाकमा खटिएर सूचना संकलन गर्ने प्रहरी हटाइने भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घुमुवा टोली हटाउने भएको हो ।

सादा पोशाकमा केही प्रहरी खटाइएका थिए। तर त्यही प्रकृतिको कार्य यस अन्तर्गत रहेको अर्को युनिटबाट पनि हुँने भएकाले हटाइएको हो ।

प्रहरी बरिष्ट उपरीक्षक (एसएसपी) को नेतृत्वमा रहेको १८ जनाको घुमुवा टोली हटाएर उनीहरुलाई नियमित प्रहरीकै काममा खटाइने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?