राजनीतिका ज्ञाता चाणक्यको यस्तो छ स्त्रीका बारेमा धारणा

एजेन्सी । दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका गुरु थिए अर्थशास्त्रका ज्ञाता चाणक्य । उनलाई आर्थिक दर्शनका प्रतिपादक मान्ने गरिन्छ । उनले बनाएका नियम र उनको अनुभवलाई आज पनि त्यत्तिकै महत्व दिने गरिन्छ ।

उनी अर्थशास्त्रका प्रतिपादकका साथै कुटिल रणनीतिकार थिए । उनले नन्दवंशको नाश गरि सामान्य बालकलाई भारतवर्षका महान सम्राट बनाएका थिए ।

आचार्य चाणक्यलाई राजनीति र कूटनीतिका ज्ञाता पनि मानिन्छ । उनले अर्थशास्त्र, राजनीतिशास्त्र जस्ता ठूला ग्रन्थहरुको रचना गरेका छन् ।

उनले स्त्री जातिका गुण,दोष, बानी व्यहोरा र महत्वका बारेमा यस्तो भनेका छन् ।

१.जसमा सुख भेटिन्छ त्यो नै स्त्री हो ।

२. स्त्रीहरुको विश्वास कहिल्यै नगरौँ ।

३.राक्षस कुलको भएपनि सुन्दर र स्वभाववाली स्त्री रोजौँ ।

४.स्त्रीहरुमा भोजन दुई, लाज चार, साहस छ र काम आठ गुण धेरै हुन्छ ।

५.असत्य बोल्नु, उत्ताउली बन्नु, छल कपट गर्नु, लोभ गर्नु, अपवित्र बन्नु र निर्दयता हुनु स्त्रीहरुका दोष हुन ।

६.ऐश्वर्यमा सन्तोष गर्ने स्त्रीलाई स्वर्ग यही हो ।आफुले दिएको आज्ञा मान्ने पत्नी पाएमा जो कसैलाई पनि स्वर्ग यही छ ।

७.भाषण गरेर हिड्ने, अर्कालाई विह्वल भएर हेर्ने, मनमा अर्काको चिन्ता लिने महिलाहरुको कहिल्यै विश्वास गर्न हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?