घाँस काट्दा लडेर एक जनाको मृत्यु

इलाम । इलाममा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका –१ लिङलिमा टोलका ३५ वर्षीय कृष्णबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राई बिहीबार बिहान ८ बजे घर नजिकै खेतमा रहेको बाँसमा चढी घाँस काट्ने क्रममा लडेर मृत्युभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?