काठमाडौं- काठमाडौं उपत्यकामा शौचालयको चर्को समस्या छ । समस्या आजको होईन बढ्दो सहरीकरणसँगै जन्मेको यो समस्या विकराल भईसक्दा पनि यसको समाधान हुन सकेको छैन । त्यसमाथी एकाध भेटिने सार्वजनिक शौचालय पनि निकै फोहोर छन् । अझ अशक्तता भएकाहरुको लागि, वृद्धवृद्धा, बालबालिकाको लागि र विशेष अवस्थाका मानिसहरु सार्वजनिक शौचालयको अभावमा निकै सास्ती खेप्छन् काठमाडौंमा । यसैबिच गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले काठमाडौं उपत्यकामा निर्माण गरीने शौचालयको ढाँचा फेसबुकमा राख्दै सल्लाह सुझाव दिन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै उनले लेखेका छन्,
”गैरआवासीय नेपाली संघ (NRNA )ले काठमाडौँ उपत्यकाका विभिन्न चोकमा बनाउन लागेका शौचालयको प्रारम्भिक ढाँचा । यहाँहरूसँग पनि कुनै सुझाव, प्रविधि वा नवीन उपाय छन् भने हामीसँग हातेमालो गर्न सक्नुहुनेछ । धन्यवाद ।”
फोटोमा हेर्नुहोस् ।

उनको स्टाटसमा मानिसहरुले लाईक गरेका छन् सँगै केहि कमेन्ट पनि दिएका छन् ।
विनोद पौडेल नामका फेसबुक प्रयोगकर्ताले अर्को नमुना तस्वीरसहित कमेन्ट गर्दै मेन्टिनेन्स गर्नको लागि यो अझै सहज होला भन्दै सजिलो हुनेछ लेखेका छन् । सुभद्रा लिङ्देनले मेरो कहिले देखि मनमा खट्केको कुरा बल्ल पुरा हुने भो । यो सुबिधा सबै साना मसिना सहर हरु मा बनोस् । भनेर लेखेकी छिन् ।
हो, सहरमा सार्वजनिक शौचालय नभएका कारण आम नागरिकले निकै सास्ती खेप्नुपरेको छ । सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न पूर्ण सरसफाइयुक्त नेपाल निर्माण गर्ने सरकारको लक्ष्य छ । तर काठमाडौंका धेरै ठाउँहरुमा पनि अहिलेसम्मै खुल्ला रुपमा शौच गरिएको देखिन्छ ।
यसैबिच लोकपथ डटकमले काठमाडौंको असन, ईन्द्रचोक, भद्रकाली, रत्नपार्कमा भेटिएका सर्वसाधारणलाई एनआरएनएले काठमाडौं उपत्यकामा निर्माण गर्न शौचालय कस्तो भईदिए हुन्थ्यो भनेर उनिहरुको मत संकलन गरेको छ । उनीहरु यस्तो शौचालय चाहन्छन्, काठमाडौंमा ।
-एउटै छानामूनि महिला पुरुषको लागि छुट्टाछुट्टै संरचना
-सफा साबुन पानी र बिजुली बत्तिको व्यवस्था भएको
-दुर्गन्धित नभएको सेनेटरी प्याड व्यवस्थापन गर्न मिल्ने सरसफाई र व्यवस्थापन चुस्त बनाएको
-शारिरीक अशक्तता भएका व्यक्तिलाई सहज हुने किसिमको
-बृद्धबृद्धा बालबालिका र विशेष अवस्थाका मानिसहरुलाई सहज हुने
-सस्तो र सुलभ ।
यदि काठमाडौं उपत्यकामा यति सुविधा भएको शौचालय निर्माण गर्ने हो भने आम नागरिकले साँच्चै एनआरएनएलाई सम्झनेछन् र मनमनै भन्नेछन् धन्य एनआरएनए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया