पोर्न हेर्नेको संख्या १० प्रतिशतले बढ्यो, मोवाइलबाट पोर्न हेर्नेको सूचीमा भारत पहिलो

एजेन्सी । पोर्नसाइट नेपाल ब्यान्ड गरिएको छ । तर विश्वमा पोर्न हेर्नेहरुको संख्या दिन प्रतिदिन बढि रहेको नै छ । स्मार्टफोनबाट पोर्न हेर्ने मानिसहरुको संख्या २०१९ मा भारतमा धेरै देखिएको छ ।

भर्खरै सार्वजनिक गरिएको एक प्रतिवेदनका अनुसार भारतका ८९ प्रतिशत मानिसले मोबाइलबाट पोर्न हेर्ने गरेका छन् । पोर्नहबले सार्वजनिक गरेको नयाँ विवरणका अनुसार संसारमा प्रत्येक चार जना मध्ये तीन मानिसले मोबाइलमा पोर्न हेर्ने गरेका छन् ।

तर पोर्न हेर्नका लागि स्मार्ट फोनबाहेक अन्य डिभाइस मानिसको विकल्प मात्र बन्ने गरेको । सन् २०१९ मा विश्वस्तरमा पोर्नहबको मोबाइल ट्राफिक ७७ प्रतिशत पुगेको छ । एक वर्षअगाडिको तुलनामा यो १० प्रतिशतले बढी हो ।

मोबाइलबाट पोर्न हेर्ने देशहरुको दोश्रो नम्बरमा अमेरिका रहेको छ । अमेरिकामा ८१ प्रतिशत मानिसले मोवाइलबाट पोर्न हेर्ने गरेका छन् । त्यस्तै ७९ प्रतिशतका साथ तेस्रो स्थानमा परेको छ । त्यस्तै जापानका ७० प्रतिशतमानिसले पोर्न हेर्नको लागि मोवाइलको प्रयोग गर्ने गरेका छन् भने मोबाइलबाट पोर्न हेर्नेमा बेलायतका ७४ प्रतिशत मानिस रहेका छन् ।

पोर्नहबको ईयर इन रिभ्यु रिपोर्टमा खुलासा गरिएअनुसार सन् २०१३ मा पोर्नहबको कुल ट्राफिकमा मोबाइल ट्राफिक जम्मा ४० प्रतिशत मात्र रहेको थियो । सस्तो डेटा प्याक र मोवाइलको मूल्य घटेसँगै मोवाइलबाट पोर्न हेर्नेहरुको संख्यामा वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?